नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान शुरु, औपचारिक शुरुवात भने बैशाख ५ देखि

काठमाडौं ।  नयाँ शैक्षिकसत्रका लागि हिजो देखि भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजोदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सन्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

उहाँले भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक, एकजना विद्यार्थीलाई भर्ना गरेको बताउनुभयो । भर्ना अभियान हिजो देखि सन्चालन भएपनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि शुरु हुनेछ ।

प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सन्चालन गरिएको छ । विद्यालय तहको शैक्षिक तथ्यांक २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि ९ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्