काँग्रेस क्रियाशील सदस्यले साउनभित्रै कार्ड पाउने, एक वर्षमा सात लाख नयाँ थप्ने

काठमाडौं, साउन २ । नेपाली काँग्रेसका क्रियाशील सदस्यले यही साउनभित्रै कार्ड पाउने भएका छन् ।

आजदेखि शुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् ।सोसँगै गगन थापाले एक वर्षको तालिका सुनाएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् ।

उनले पार्टीको विधानमा भएका ४८ विभागमा अझै केही नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि उनले बताए ।

उनले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको गगनले बताए ।समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए । प्रशिक्षणको कार्यतालिकासमेत उनले सुनाएका छन् ।भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन् ।

उनले ८ लाख ६६ हजार क्रियाशील सदस्यहरुको कार्ड जिल्लाबाटै साउन मसान्त भित्रै प्रिन्ट गरेर दिने पनि समय तोकेको बताएका छन् ।

केही जिल्लामा यसको शुरुआत भइसकेको पनि उनले बताए । नवीकरण कार्यक्रम भदौ, असोज र कार्तिकमा गर्ने पनि उनले बताए ।

राष्ट्रिय अभियान साउन २० देखि आगामी असार ३१ गतेसम्म हुने बताएका छन् । यो अभियान अन्तर्गत ५ देखि ७ लाख क्रियाशील सदस्य थप्ने दाबीसमेत उनले गरेका छन् ।

यता सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार नियमित रूपमा केन्द्रीय कार्यसमितिको बैठक नबसेको उल्लेख गर्दै अब भने नियमित गर्नुपर्ने बताएका छन् ।

आज  फेसबुकबाट लाइभ प्रसारण गरिएको केन्द्रीय कार्यसमिति बैठकमा थापाले वर्षभर बस्ने बैठकको मिति र गतिविधिहरु प्रस्ताव गरेका छन् । कांग्रेसको विधानअनुसार कम्तीमा दुई महिनामा केन्द्रीय कार्यसमिति बस्नुपर्ने भए पनि एक वर्षसम्म बस्न सकेको थिएन ।

कबति तचबमष्लन।नष।उबनभकउभभम।अभ ।श्अच्गग्प्बभग्त्
सोही सम्बन्धमा थापाले साउन पहिलो हप्ता बैठक बसेकाले अब असोज, मंसिर, माघ, चैत र जेठको पहिलो हप्ता बस्ने गरी बैठकको मिति तोक्न प्रस्ताव गरेका छन् । त्यस्तै थापाले वर्षमा कम्तिमा दुईवटा बैठक काठमाडौं उपत्यका बाहिर राख्न प्रस्ताव पनि गरेका छन् ।

त्यस्तै थापाले विधानअनुसार गठन गर्नुपर्ने सबै समितिहरूलाई भदौ १५ भित्र गठन गरिसक्न पनि प्रस्ताव गरेका छन् । त्यस्तै समयमै महाधिवेशन गर्न नसकेका भ्रतृ संगठनहरूको महाधिवेशन पनि गर्नुपर्ने विषय थापाले उठाएका छन् । थापाले नीति महाधिवेशनको पनि प्रस्ताव गरे । उनले त्यसका लागि मिति र स्थान तोक्ने प्रस्ताव पनि गरे ।

प्रतिक्रिया दिनुहोस्