प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा भट्टचन चयन

काठमाडौं, साउन २ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन्।

कम्पनीको असार १ गते साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो। मर्जर कमिटीले यसभन्दा अगाडि छनोट गरेका सञ्चालकमा सामान्य हेरफेर गरेको छ।

सञ्चालक समितिमा साविक प्रभु लाइफको तर्फबाट शिक्षासहित सुशन भट्टचन र साविक महालक्ष्मी लाइफको तर्फबाट सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

सर्वसाधारण शेयरधनीको तर्फबाट समितिमा शंकर गौतम र ज्योति शेरचन रहेका छन्। कम्पनीले अव स्वतन्त्र सञ्चालक मात्रै नियुक्त गर्न बाँकी रहेको छ। दुई कम्पनीले गत असार २९ गते एकिकृत कारोबारको शुभारम्भ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्