सुनिता बुढाक्षेत्रीको आवजमा “मन्दिरमा गजुर “ तिज गीत चर्चामा (भिडियोसहित)

काठमाडौं, साउन १ । आजबाट साउने संक्रान्ति सुरु भएसँगै अब नेपालीहरुका चाडपर्वहरु सुरु भएका छन् । आज शिवालयमा भक्तजनहरुको भिड रहेको छ । यसरी हाम्रा चाडपर्व आरम्भ भएसंगै अब भने हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पनि आउने छ ।

तिज आउन अब केहि महिना मात्रै बाँकी रहेको हुदा यता बजार भने तीजका गीत धमाधम आउन थालिसकेका छन् ।सोहि क्रममा निकै मिठो “मन्दिरमा गजुर “ बोल को तिज गीत बजारमा आएको छ । गीत केहिदिन अगाडि मात्रै सार्वजनिक भएको हो ।

उक्त गीतमा आवाज अहिलेकी चर्चित गायिका सुनिता बुढाक्षेत्रीको रहेको छ । गीतमा शब्द , संगित कस्तु पन्तको रहेको छ भने अभिनय विमल अधिकारी र उसा उप्रतिको रहेको छ ।

गीत बजारमा आएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । धेरैले उक्त गीत मनपराएर अहिले गीत युट्युवको ट्रेन्डिङमा समेत आएको छ । यता टिकटकमा पनि गीत निकै भाइरल भएको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्