बिजुक्छेद्वारा ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप
काठमाडौं । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दैनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन ् ।
ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको समेत आरोप लगाउदै बोले, “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ ।”
बिजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसदमा पुग्न पर्ने बताए ।















प्रतिक्रिया दिनुहोस्