नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने
काठमाडौं, असार २७ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही हुने भएको छ।
विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो। नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ।
विश्वविद्यालयले कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डिनको कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ। यसअघि त्रिविले ०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्