सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरु

काठमाडौं ।  सिरियामा अमेरिकाको नेतृत्वमा तीन देशले आक्रमण सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र फ्रान्ससहितको समन्वयमा भइरहेको लगातार सैन्य प्रतिक्रियाकै निरन्तरता रहेको बताएका छन् ।
ट्रम्पले दुई देशको सहयोगमा सिरियामा क्षेप्यास्त्र हमलाको अनुमति दिएको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेले सिरियामा बल प्रयोग गर्नुको कुनै विकल्प नभएकाले आक्रमण गर्नुपरेको बताएको बीबीसीले जनाएको छ ।
अमेरिका, बेलायत र फ्रान्सले सिरियाको पूर्वी गुटा क्षेत्रमा गएको हप्ता रसायनिक हमला गरिएको दाबी गर्दै आएका छन् । त्यसकै प्रतिक्रिया स्वरुप आक्रमण गर्नुपरेको उनीहरुको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस्