युरोपको विश्वकप प्लेअफ ड्र आज हुँदै …

फिफा विश्वकप २०१८ को छनोट अन्तर्गत युरोपियन प्लेअफको ड्र मंगलबार नेपाली समयानुसार साँझ ५ः४५मा स्विटजरल्यान्डको ज्युरिचमा हुँदैछ । प्लेअफमा पुगेका आठ टोलीलाई फिफा वरीयताको आधारमा दुई समूहमा बाँडिएको छ । पहिलो समूहमा शीर्ष चार र अर्कोमा पुछारका चार टोली रहनेछन् । ड्र समारोहमा पहिलो समूहका टोलीले दोस्रो समुहका टोलीसँग खेल्नेछन् । दुवै समूहबाट एक:एक टोलि गरेर कुल चार खेल हुनेछ । प्लेअफ अन्तर्गत होम र अवेका दुवै खेल नोभेम्बर ९ र १४ मा हुनेछ ।

इटाली, क्रोयसिया, स्विटजरल्यान्ड र डेनमार्क सम्मिलित शीर्ष समूहका टोलीलाई पट १ मा राखिएको छ । यस्तै पट २ मा उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र, ग्रिस र स्विडेन छन् । विश्वकप अन्तर्गत अन्तर महादेशीय प्लेअफमा न्युजिल्यान्ड र पेरु खेल्दैछन् भने अस्ट्रेलियाले होन्डुरसको सामना गर्दैछ ।
एजेन्सी– ज्युरीच

प्रतिक्रिया दिनुहोस्