एमाले संसदीय दलको बैठक सुरू, हट्लान त संसद अवरोध ?
काठमाडौं, २५ असार । प्रमुख तीन दलको बैठकलगत्तै नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (९एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको पश्चात बैठकपछि संसद्को अवरोध हटाउन सकारात्मक भएको एमालेका एक नेताले प्रतिक्रिया दिएका थिए।
‘संसद्को अवरोध हटाउने विषयमा सकारात्मक कुराकानी भएको र बैठकपछि निण्र्नमा पुग्ने सौतले बताएको छ । बैठकमा सहभागि एक नेताले भने, बैठकपछि हामी संसदीय दलमा आएका छौं ,
तीनदलको बैठकबाट एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए। के निष्कर्ष आयो भन्ने पत्रकारको जिज्ञासामा संसदमा थाह हुुने प्रतिक्रिया दिएका थिए ।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।
प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्