नेपाल एसबिआई बैंकको ३०औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं, असार २२ । नेपाल एसबिआई बैंकले ३०औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकका सबै कर्मचारीले बैंकको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारे प्रकाश पार्दै उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै निरन्तर साथ र सहयोगका लागि आग्रह गरे। बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांतले सबै सहभागीलाई धन्यवाद दिए।
उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राजधानीका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरेको थियो।
यस्तै, भोलि असार २३ गते शनिबार, बसन्तपूर दरबार परिसर काठमाडौँमा सोही रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।
बैंकले हालसम्म ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्