स्काई वाक परिसरमा प्रभु बैंकको एटीएम र क्यूआर कोड
काठमाडौं, असार १८ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ।
यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सिर्जना हुने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र निर्देशक पदमप्रसाद न्यौपानेको पनि उपस्थिति थियो। उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रालिको परिसरमा एटीएम, क्यूआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ।
सम्पूर्ण सर्वसाधारण तथा ग्राहक हरुले वन्डर्स नेपाल प्रालि अन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै प्रभु बैंकबाट प्रदान गरिने बैंकिङ सेवाको सुविधा समेत लिन सक्नेछन्।
यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस्