सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, असार १२ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बिहीबार प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भई रहेको थियो।

प्रतिक्रिया दिनुहोस्