वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपियो , गरे ५ अर्ब कर्जा लगानी

काठमाडौं, असार १४ । पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिएको छ। एकै दिन ७ अर्ब निक्षेप थपिँदा वाणिज्य बैंकले ५ अर्ब कर्जा प्रवाह गरेका छन्।

आर्थिक वर्ष २०८९/०८० को सुरुवात देखिनै वाणिज्य बैंकको कर्जा प्रवाह खुम्चिँदै आएको थियो। बल्ल वर्षको अन्तमा आएर बैंकहरु कर्जा प्रवाह बढ्न थालेको हो।

वाणिज्य बैंकहरूमा २०८० असार १० गते आइतबार ४९ खर्ब २० अर्ब निक्षेप रहेकोमा एकैदिन ७ अर्ब निक्षेप बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ।

त्यसैगरी असार १० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब कर्जा लगानी रहेकोमा एकैदिन ५ अर्बले बढेर ४३ खर्ब ५ अर्ब पुगेको छ।

निक्षेप र कर्जा दुवै बढ्दा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९२ प्रतिशत आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्