चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ: गभर्नर अधिकारी
काठमाडौं, असार १४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रियस्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए। उनले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेनको काम महत्त्वपूर्ण हुँदै गएको बताए।
उनले चार्टर्ड एकाउन्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताए ।
गभर्नर अधिकारीले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा नै चार्टर्ड एकाउन्टेनको विकास र विस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए।
प्रतिक्रिया दिनुहोस्