बैंक तथा वित्तिय संस्थाहरुले गरे सरकारसँग सुरक्षाको प्रत्याभूतिको माग
काठमाडौं , असार १२ । बैंक तथा वित्तीय संघ संस्था सम्वद्ध चार वटा संगठनले सुरक्षाको प्रत्याभूति माग सरकारसँग गरेका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शाखा संचालन तथा कर्मचारी र ग्राहकको सुरक्षाको माग गरेका हुन् ।
पूर्वी नेपालका इटहरी, सुनसरी झापालगायतका जिल्लाका बैंक, वित्तीय संस्था र लघुवित्तका शाखाहरुमा केही व्यक्तिहरुले धम्की दिने र अवरोध गर्ने गरेको भन्दै ती संगठनहरुले सुरक्षाको प्रत्याभूति खोजेका हुन ।
यस्ता गतिविधिहरु तत्काल नरोकिए अप्रिय निर्णय लिन बाध्य हुने भन्दै बैंक वित्तिय संस्थाका संगठनहरुले चेतावनी दिएका छन् । ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुमाथि तत्काल कारवाही माग पनि उनीहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्