ई–सेवामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न पाइने
काठमाडौं, असार ६ । एभरेष्ट बैंकको एटिएमबाट ई–सेवामा भएको पैसा झिक्न पाइने भएको छ।
बुधबार एभरेष्ट बैंकका डिसिओ विजयकुमार श्रेष्ठ र ई-सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यसबारेको सम्झौता गरेका छन्।
यस्तो सम्झौता नेपालमा पहिलो पटक भएको एभरेष्ट बैंकका डिसिओ श्रेष्ठले बताए।
यो सम्झौताले ई-सेवाका ग्राहकलाई थप सुविधा मिल्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्