सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता
काठमाडौं, असार ५ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको हो । सानिमा बैंकले आउँदो १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पतालमार्फत् आर्थिक सहयोग गर्दै आइरहेको छ ।
सानिमा बैंकले प्रत्येक ूनारी बचत खाताु बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोे छ । सङ्कलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।
बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा। रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्