किन स्थगित भयो घोराही सिमेन्टको आईपीओ ?
काठमाडौं , असार ४ । घोराही सिमेन्ट इन्डस्ट्रीको विवादपूर्ण आईपीओ निष्काशन स्थगित भएको छ । पूर्वनिर्धारित समयावधिमा मागअनुसार आवेदन परेपनि समय लम्ब्याइएकोमा बोर्डले त्यसो हुन रोकेको हो ।
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
यसअघि बोर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेकोमा अटेर गरेको थियो । यस्तै कम्पनीले कुनै आधारबिना आईपीओको म्याद थप्न अनुरोध गरेको थियो ।
बोर्डले कम्पनीको आईपीओ निष्काशनमा माग भन्दा बढी कित्ता सेयरका लागि आवेदन पर्दासमेत आईपीओ निष्काशनको समयावधि थप गर्न कम्पनीले सूचना प्रकाशित गरेपछि स्थगन गरेको जनाएको छ ।
बोर्डले लगानीकर्ताहरूको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धि कैफियतको जाँचबुझ गरिने पनि जनाएको छ ।
कम्पनिले फर्जी आवेदन दिएर आइपिओ खरिद गरेको आशंका गरिएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई आईपीओमा फर्जी आवेदन परेको देखिएको भन्दै जानकारी गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्