शेयर बजारमा सामान्य गिरावट, करिब ५ अर्बको बारोबार

काठमाडौँ , असार ४ ।  विगत केही दिनदेखि लगातार बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ ।

करिब ३ अंकको गिरावट आएको बजारमा कारोबार रकम भने करिब ५ अर्ब हाराहारीमै भएको नेप्सेले जनाएको छ । सोमबार ५ उपसूचक हरियो रहँदा विकास बैक समूह सबैभन्दा बढी १ सय ३१ अंकले उकालो लाग्यो ।

यस्तै, ८ समूहमा गिरावट आएको बजारमा सबैभन्दा बढी निर्जिबन बीमा समूह २ सय ७७ अंकले घटेको छ । घटेको बजारमा पनि माउण्टेन इनर्जी नेपाल, सेन्ट्रल फाइनान्स कम्पनी र लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले भने १० प्रतिशत बराबरले कमाएका छन् ।

सोमबार ८० कम्पनीको शेयर मूल्य बढ्दा १ सय ४२ कम्पनीको घटेको छ । २ सय ७६ कम्पनीको १ लाख २९ हजार कित्ता शेयर ४ अर्ब ७४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्