गायक शिर्षकले ल्याय नयाँ गीत ‘अभिलाशा’ (भिडियोसहित )

काठमाडौं।नबोदित गायक शन्नि शिर्षकले आफ्नो पहिलो गित अभिलाशा बजारमा ल्यायका छन् । उक्त गित ओ यस् आर डिजिटलले बजारमा ल्यायका हुन् ।

रोमान्टिक वियोगान्त कथा शैलीमा गाइएको ‘अभिलाशा’मा गायक स्वंयमकैे शब्द र कम्पोज रहेकोछ । गितारिस्त फिरोज बज्राचार्यले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा क्रिस्तिना के.सी. तथा शन्नि शिर्षक जोडिको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।

गीत रेकर्ड ज्योति रेकर्डले गरेका हुन् भने म्युजिक भिडिओको छायाँकन उत्सव दाहाल तथा सम्पादन बिकास दाहालको रहेको छ । म्युजिक भिडिओ निर्देशन भने चर्चित निर्देशक सोनाम पाख्रिनले गरेका हुन्। धेरै बर्षको मेहनत पछि सार्वजनिक यो गीतबाट निकै आशावादी रहेको बताउँछन् गायक शन्नि शिर्षक । Ismt college

संगित जिवन हो, साधना हो तर सजिलो त पक्कै पनि छैन । परीवारको साथसहयोग र कडा मेहेनतबाट यसै क्षेत्रको चम्किलो ताराको रुपमा चिनाउने आफुले लक्ष्य लियको गायक शन्नि शिर्षक बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्