११ कम्पनीले पाए धितोपत्र व्यवसायको अनुमति

काठमाडौं, जेठ २३ । नेपाल धितोपत्र बोर्डले ११ वटा कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ। बोर्डको सोमबार बसेको बैठकले ती कम्पनीलाई धितोपत्र दलाल तथा व्यापारीको अनुमति दिने निर्णय गरेको हो।

बोर्डका अनुसार नबिल सेक्युरिटिज लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ। त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ ।

त्यसैगरी एलिट स्टक हाउस लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि र हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालिलाई सीमित कार्य गर्ने गरी धितोपत्र दलालको अनुमति दिइएको छ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेडले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन्।

प्रतिक्रिया दिनुहोस्