नबिल बैंकले ल्यायो दिगो घर कर्जा योजना
काठमाडौं, जेठ २२ । नबिल बैंकले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर बैंकले दिगो घर कर्जा योजना (नबिल सस्टेनेबल हाउजिङ लोन) को स्किम अघि सारेको हो।
केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेका छन्।
वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यसयोजना अन्तर्गत आवास कर्जा लिन सक्ने बैंकले जनाएको छ। बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैंकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले ७ वर्षका लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने बताइएको छ।
७ वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले ७ वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र ७ वर्षपछि बाँकी अवधिमा ७ वर्ष पश्चातको आधार दरमा १.५ प्रतिशत जोडे हुने ब्याजदरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई २ लाखसम्मको नि:शुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराइने बैंकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्