‘आइएमई पे’ र निसर्ग अस्पतालबीच २५ प्रतिशतसम्मको छुट सम्झौता
काठमाडौं, जेठ १८ । ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरूले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम पाँच प्रतिशत देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । सो छुट एक वर्षका लागि लागु हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्