रसायनिक मलका लागि ३० अर्ब अनुदान, उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन

काठमाडौं , जेठ १५ । अर्थमन्त्री प्रकाशशरण महतले रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन ।

आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन ।  उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।

मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् । यस्तै सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्