एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं । गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ६१३ को मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् ।

एक हजार सात सय ८८ मत खसेको मध्ये भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने गुरुङले ५ सय ८४ मत प्राप्त गरेकी छिन्।

संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै, महासचिवमा डा. बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।

 

प्रतिक्रिया दिनुहोस्