डिआईजी रमेश खरेलले गरे फेसबुक मार्फत राजिनामा घोषणा

काठमाडौँ  । नेपाल प्रहरीका डिआईजी रमेश खरेलले सामाजिक सञ्जालमार्फत राजिनामा दिएको घोषणा गरेका छन् ।

खरेलले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘नव नियुक्त प्रहरी महानिरिक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै २९ वर्षे सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजीको वरियताका एक नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनाललाई २६ औं महानिरिक्षक बनाउने निर्णय गरेसँगै खरेलले राजिनामा दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्