ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त
काठमाडौं, जेठ ४ । ज्योति क्यापिटलकाे अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल ढकाल चयन भएका छन् ।
बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ गतेदेखि लागु हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ ।
यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्