‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’को बाँडफाँड प्रक्रिया सम्पन्न

काठमाडौं, बैशाख ३१ ।  सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्कासन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो ।

योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले जारी गरेका विज्ञप्तिमा भनिएको छः सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रकृया पुरा भएको छ ।

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटल जनाउँदछ । योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्