ट्रम्पको ल्याटिन अमेरिका भ्रमण रद्द ,यस कारण गरे ट्रम्पले भ्रमण रद्द !

काठमाडौं ।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेका छन् । उनले सिरियामा विकसित पछिल्लो परिस्थितिका कारण पूर्वनिर्धारित आफ्नो भ्रमण रद्द गरेको बीबीसीले जनाएको छ ।

सिरियाको पूर्वी गुटाको डोमा नगरमा भएको भनिएको रासायनिक आक्रमणप्रति कडा प्रतिक्रिया जनाएको अमेरिका आफैँले निरीक्षण गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकोले रासायनिक हमला भएको भनिएको स्थानमा अन्तराष्ट्रिय अनुसन्धानकर्तालाई विना कुनै अवरोध पहुँच दिन आह्वान गरेका थिए ।

आक्रमणको घटनाको छानविनका सम्बन्धमा रुस र अमेरिका दुवैले एकअर्काको भन्दा विपरीत प्रस्ताव संयुक्त राष्ट्रसंघमा पेश गरेपछि महासचिव गुटेरेसको त्यस्तो प्रतिक्रिया आएको हो ।

रासायनिक भनिएको त्यो आक्रमण विद्रोहीले बढाइचढाइ गरेर प्रस्तुत गरेको मस्कोले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्