ब्राजिलको कारागारमा रहेका कैदीलाई भगाउन खोज्दा झडप, २० जनाको मृत्यु
काठमाडौं । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन् ।
सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् ।
मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् ।
घटनालगत्तै सुरक्षा गार्डले सशस्त्र समूहमाथि जवाफी कारबाही गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्