प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं, बैशाख २६ । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरणको स्वीकृतिपश्चात र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्