प्रतितोला ३०० बढ्यो सुनको मूल्य

काठमाडौं, बैशाख २६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य थप ३०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो। यसअघि २१ वैशाखमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८०० पुगेको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्