औषधि अभावले स्वास्थ्य सेवा प्रभावित
काठमाडौं । विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ ।
डोल्पामा औषधि पठाउन ढिलाइ भएको यो पहिलो घटना भने होइन । हरेक वर्ष डोल्पा, मुगु र हुम्ला जिल्लाले यस्तो समस्या भोग्दै आएका छन् ।
ढुवानी गर्ने कम्पनीले समयमा औषधि पुर्याउन नसक्दा पहाडी जिल्लाको स्वास्थ्य सेवा प्रभावित बन्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्