संसद्मा आजदेखि प्रि-बजेट छलफल, बुधबार अर्थमन्त्रीको जवाफ
काठमाडौं, बैशाख २५ । संसद्मा आजदेखि तीन दिनसम्म बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट)माथि हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आजबाट प्रि-बजेटमाथि छलफल हुने भएको हो ।
प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिनेछ । छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि-बजेटमाथि छलफल सुरु गरेका हुन् ।
संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्