लामो समयपछि दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं, बैशाख २१ । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ ।

वैशाखको १३ गतेदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर भाउ उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । हिजो बुधवार ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज लक्ष्मी लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरै तथा सयपत्री जलविद्युत् र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज इस्टर्न हाइड्रोपावरको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्