कामना सेवा र मनकामना अस्पताल, भरतपुर बीच सम्झौता

काठमाडौं, बैशाख २१ । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु./नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

अस्पतालले प्रदानगर्ने सो सेवा सुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहक महानुभावहरुले १५% सम्मको आकर्षक छुट प्राप्तगर्न सक्न हुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्