सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज १२ सयले बढ्यो
काठमाडौं, बैशाख २१ । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि २०७९ चैत २२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २० रूपैयाँले बढेर १ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्