प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल , सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त

काठमाडौं । सरकारले दुवै प्रहरी संगठनमा नयाँ महानिरीक्षक नियुक्त गरेको छ ।नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषदको मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको २६औं महानिरीक्षक नियुक्त भएका खनाल वि।सं। २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

आफ्नै ब्याजका डीआइजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।

गत साउनमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक ९डीआइजी०मा बढुवा हुँदा खनाल सबैभन्दा अगाडि १ नम्बरमा थिए ।

खनाल प्रहरी सेवामा रहेर काम गरेका स्थानमा उत्कृष्ट काम गरेको छाप छाड्न सफल प्रहरी अधिकारी मानिन्छन् ।

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाल
मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।

सशस्त्र प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० खनाल, पुष्पराम केसी र नारायणबाबु थापा प्रतिस्पर्धामा थिए । वरीयताका आधारमा सशस्त्रमा शैलेन्द्र खनाल अगाडि थिए ।

दुवै प्रहरी संगठनमा बुधबारबाट एकसाथ महानिरीक्षक पद रिक्त हुँदै थियो ।

रिक्त हुनुभन्दा एक दिनअगाडिमात्रै मन्त्रिपरिषदले नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षक बनाएको हो ।

दुवै संगठनका हालका महानिरीक्षक प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठले बुधबारबाट एकसाथ अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्