नयाँ ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीले पाए आशय पत्र

काठमाडौं, बैशाख १८ ।  नयाँ ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएका मध्ये १६ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले आशय पत्र (एलओआई) दिएको छ ।

बोर्डको सञ्चालक समिति बैठकले गरेको निर्णय अनुसार एलओआइ दिने निर्णय गरेको हो ।

बोर्डले पहिलो चरणमा १६ कम्पनीलाई एलओआइ दिइएको हो । निवेदन दिने सबैको फाइल एकै पटक हेर्न नभ्याइएको कारण १६ लाई पहिलो चरणमा एलओआइ दिइएको हो । वाँकी रहेकालाई चरणबद्ध रुपमा एलओआइ दिँदै जाने बोर्डको योजना छ ।

बोर्डले योग्यता पुगेका सबैलाई चरणबद्ध रुपमा एलओआइ दिँदै जाने बताएको छ ।

एलओआइ पाउने कम्पनिले ६ महिना भित्र पूर्वाधार तयार गरी बोर्डमा जानकारी दिनु पर्ने छ । त्यस पछि बोर्डले कारोबार अनुमति दिने जनाएको छ ।

आशय पत्र पाउने कम्पनिहरु:

प्रतिक्रिया दिनुहोस्