काबेली विकास बैंकको ४५ हजार कित्ता संस्थापक सेयरमा लिलामी अावेदन खुल्यो

 काठमाडौं । काबेली विकास बैंक (KEBL) ले चैत्र २७ मंगलबारदेखि संस्थापक समूहको ४५ हजार ३५१ कित्ता सेयर लिलाम बढाबढमा राखेको छ । बैंकले यसअघि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा अवितरित संस्थापक सेयर लिलामी गर्न लागेको हो ।

लिलामीमा आवेदन गर्न इच्छुक लगानीकर्ताले बैंकको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमलबाट ०७५ बैशाख ४ गतेसम्म बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, विराटनगर, सुर्खेत, धनगढी, सभागृह चोक पोखरा, मिलन चोक बुटवल र त्रिभुवन चोक नेपालगञ्जबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।

लिलामीका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिन्छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा आवेदन दिन सक्नेछन् ।

बैंकको साधारण सेयर सोमबार प्रतिकित्ता सेयर मूल्य २७२ रुपैयाँमा कारोबार भएको छ । काबेली विकास बैंकले माउण्ट मकालू डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रकृयामा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्