सलमान खानको चाहाना – पति होइन् पिता बन्ने
काठमाडौं, बैशाख १७ । भारतीय अभिनेता सलमान खानले पति नभएर पिता बन्न चाहेको बताएका छन् ।
सलमान रजत शर्माको चर्चित शो आप की अदालतको हिस्सा बनेका थिए । यस क्रममा सलमानले यस्तो बताएका हुन् ।
आफूले बालबालिकालाई असाध्यै माया गर्ने र एक पटक बच्चा जन्माउने बारेमा समेत सोचेको तर, भारतको कानूनले त्यो सम्भव नभएको सलमानले खुलासा गरेका छन् ।
उक्त कार्यक्रममा सलमानले फिल्म निर्माता करण जोहर दुई सन्तानको बाबु बनेको कुरा गर्दै भने, ‘मैले पनि त्यही प्रयास गरेको थिएँ तर, अहिले कानून फेरिएको छ ।’
आफ्नो विवाहको योजनाको बारेमा कुरा गर्दै सलमानले भने, ‘ममाथि धेरै दबाब छ । म ५७ वर्षको भएँ, जोसँग विवाह भएपनि एउटा मात्र हुनुपर्छ र त्यो अन्तिम हुनुपर्छ ।’
हालै सलमानको फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज भएको थियो । यो फिल्ममार्फत सलमानले चार वर्षको अन्तरालपछि बक्स अफिसमा कमब्याक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्