प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट
काठमाडौं, बैशाख १४ । प्रभु बैंकका ग्राहकले काठमाडौंको पुतलिसडकस्थित सिन्की भान्सा घरमा छुट पाउने भएका छन् । बैंक र घरबीच सेवाहरुमा प्रदान गर्ने छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बास्टकोटी र भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले सिन्की भान्छा घरद्वारा सञ्चालित ‘ब्रेकफास्ट, लन्च एण्ड डिनर’मा १० प्रतिशत छुट पाउने छन् । उक्त छुट सुविधाका लागि बैंकको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्