बडिमालिकालाई समृद्ध बनाउन पर्यटन गुरुयोजना बनाई अगाडि बढेका छौं: नगर प्रमुख खड्का
काठमाडौं, १४ बैशाख । बाजुरा, बडिमालिका नगपालिकाका नगर प्रमुख अमर खड्काले बडिमालिकालाई समृद्ध बनाउन पर्यटन गुरु योजना बनाई अगाडि बढेको बताउनु भएको छ ।
रेडियो आहाको बिहानी प्रस्तुती कार्यक्रम आहा स्थानीय सरकोकार कार्यक्रममा बोल्नुु हुँदै प्रमुख खड्काले बडिमालिका धार्मिक र पर्यटन दृष्टिकोणले भरिपूर्ण भएकाले संघ, प्रदेश र स्थानीय सरकार तीनै तहको सरकारको सहयोग र नेपाल पर्यटन बोर्डलगायत सरोकासवाला निकायको सहकार्यमा सुदुरपश्चिम पर्यटन गुरुयोजना परियोजना बनाई अगाडि बढेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सबै वडामा सडक सञ्जाल जोडिएको छ । प्राकृतिक स्रोतले भरिपूर्ण छ पर्यटनको विकासको संभावना बोकेको छ । यहाँको प्राकृतिक र धार्मिक स्थलको प्रबद्र्धन र संरक्षण गरि प्रचार गरेमात्र पनि पर्यटकको घुइेचो लाग्ने छ । यसले हाम्रो जीवन स्तर उकास्न सहयोग पुग्ने छ ।’
बडिमालिकासँग रारा जोड्ने पदमार्ग जोडिएकोले पर्यटनको संभावना बोकेको स्थल हो । मुगुको रारा तालमा पर्यटकको रोजाईको स्थल भएको र पर्यटकहरु बडिमालिका भएर जाने भएकाले पर्यटक आवतजावत गर्दा श्रमिकले काम पाउने तथा होटल व्यवसाय पनि फस्टाउने उहाँले बताउनुभयो ।
यसले हाललाई सानो स्तरमा भएपनि रोजगारीको अवसर र आर्थिक उपार्जनको राम्रो संभावना हुने सक्ने बताउनुभयो । खप्तडदेखि बडिमालिका पर्यटन पदमार्गलाई सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा लैजान संघ र प्रदेश सरकारसँग पहल भएको बताउनुभयो । विकासको लागि पालकिाले बडिमालिकालगायत सुदुरपश्चिमका पर्यटकियक स्थलसँग जोडेर अगाडि बढिरहेको बताउनु भयो ।
खेलकुदको विकासका लागि बहुउद्वेश्यीय कर्भड हल बनाएको र त्यसले समग्र खेलकुदको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बडिमालिका जिल्लाको सदरमुकाम पनि भएकाले धेरै जनसंख्याका कारण खाने पानीको समस्या भएको र त्यसलाई स्रोतको खोजी गरि जम्मा गर्ने ट्यांकि समेतको निर्माण कार्य अगाडि बढेको छ । यसबाट पानीको समस्या हट्ने उहाँले बताउनुभयो ।
पालिका अन्तर्गत रहेका सुन्दर कृषि फाँट जमिनको उच्चतम प्रयोग गरि कृषिमा आत्मनिर्भर बन्नको लागि कृषिलाई महत्व दिँदैं आएको छ ।
प्रमुख खड्काले शिक्षा, स्वास्थ्य,सडक र रोजगारी उचित व्यवस्ता नहुनु बसाई सराईको मुख्य कारण भएकाले यसलाई रोक्न पालिकाले पर्यटनको विकासका संभावनालाई अगाडि बढाउने, सडक सञ्जालसँग जाड्ने, अन्य पालिकाका ऐतिहासिक, धार्मिक तथा पर्यटकियस्थलको संरक्षण गरि पर्यटन हबको रुपमा विकास गर्ने, आधुनिक कृषि प्रणालीमा जोडदिँदै किसानलाई उन्नत विउ–विजन वितरण र राहतको कार्यक्रम ल्याउने, जडिबुटिको खोज अनुसन्धानका साथै सो जडिबुटीलाई स्वदेशमा नै प्रसोधन गरि स्वदेश तथा विदेशमा निर्यात गरि अर्थोपार्जनको स्रोत खोज्नु आजको प्रमुख विषय भएको उहाँले बताउनु भयो । यसले आर्थिक स्रोतको आवश्यकता पुरिपूर्तिमा सहयोग पुग्ने र सबै समस्याको समाधन हुने उहाँको दावी छ ।
स्थानीय उत्पादनलाई जोड दिनु आजको मुख्य आवश्यकता भएको बताउँदै उहाँले यसले आफुलाई उपभोगकासाथै आर्थिक उपार्जनसँग जोड्न सक्नु हाम्रो प्रमुख उद्वेश्य भएको बताउनुभयो । उहाँले स्थानिय उत्पादनसँग जोड्ने विषयमा सरकारी तथा गैर सहकारी संस्थासँगको सहयोगमा विशेष कार्यक्रम सञ्चालन गरेको बताउनुहुँदै यसले मौलिक र स्थानीय परिकारको प्रबद्र्धनसहित आम्दानीको स्रोतका रुपमा लैजान सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुन्दर फाँट र जमिनलाई हरियाली बनाउनु पर्छ । त्यसैगरि कषि , पर्यटन विकास र जडिबुटी यो क्षेत्रको आर्थिक स्रोत हुनसक्छ । रैथाने खेतिलाई प्रोत्साहन र संरक्षण गर्नु पर्छ ।’
प्रतिक्रिया दिनुहोस्