सिरियामा रासायनिक हमला, रुसविरुद्ध अमेरिकाले दियो यस्तो चेतावनी

काठमाडौं । सिरियाको डूमामा भएको रासायनिक हमलाका दोषीलाई कडाभन्दा कडा जवाफ दिने अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार अमेरिकासँग अनगिन्ती सैन्य विकल्प भएकाले यो घटनाको कडा जवाफ दिने चेतावनी दिएका हुन् । उनले यसबारे सोमबार राती नै वा चाँडोभन्दा चाँडो निर्णय लिइने बताएका छन् ।

शनिबार डूमामा जुन घटना भयो त्यसको जिम्मेवार को हो भन्ने विषयमा अमेरिका स्पष्ट हुन चाहेको ट्रम्पले बताए ।

ट्रम्पले यस विषयमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोसँग सोमबार बेलुका कुराकानी गरेका छन् । कुराकानीमा दुबै नेताले एक ‘बलियो प्रतिक्रिया’ चाहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्