सिटिजन्स बैंक र क्याट क्याफेबीच समझदारी

काठमाडौं, बैशाख १३ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धोबिघाट, ललितपुर स्थित क्याट क्याफे प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले क्याट क्याफमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्