कोरोना भाइरसको संक्रमण उकालो लाग्दै, बुस्टर डोज लगाउन बिज्ञको सुझाव

काठमाडौं, बैशाख १३ ।   नेपालमा १५ चैतदेखि कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गएको देखिन्छ । शून्यमा झरेको संक्रमण दर अहिले १ दशमलव २ मा पुगेको छ ।

संक्रमितको संख्या बढेसँगै भाइरसविरुद्ध खोपको बुस्टर डोज अतिरिक्त मात्रा लगाउनेको संख्या पनि बढ्दै गइरहेको छ ।

अहिले भारत र नेपालमा ओमिक्रोनका प्रजाति मिलेर बनेको नयाँ हाइब्रेट एक्सबीबी १.१६ संक्रमण बढिरहेको छ । ओमिक्रोनका लागि फाइजर ‘बाइभ्यालेन्ट’ खोप प्रभावकारी मानिने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही खोप लगाउन निर्देशन दिएको छ ।

चिकित्सकका अनुसार पूर्ण मात्रा ९पहिलो र दोस्रो डोज० खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउनुपर्छ। र, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउनेको संख्या पनि बढिरहेको छ।

‘कोभिड–१९ हटलाइन ११३३ र १११५ मा पछिल्लो समय खोपका बारेमा धेरै कल आइरहेका छन्’, डा अधिकारीले भने, ‘खोपको माग बढिरहेको छ । कलमा स्थानीय तहमा कहाँ खोप पाइन्छरु कुन खोप लगाउने हो भनेर प्रश्न आइरहन्छन् ।’

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले पनि संक्रमितको संख्या बढेपछि बुस्टर डोज लगाउनेको संख्या पनि बिस्तारै बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्