कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं , बैशाख १२ ।नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार पनि बस्दैछ ।

संसद भवनमा सोमबारदेखि सुरू भएको बैठकमा मंगलबार पनि पार्टीका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन् ।

अर्थमन्त्री डा। प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरुसँग राय माग्नुभएको थियो । सोहीअनुसार मंगलबार पनि सांसदहरुले आफ्ना राय दिनेछन् ।

सांसदहरुले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्