सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ– सातामा काराेबार हुने पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । यो सँगै सूचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

नेप्से सूचकमा २९ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।

कारोबारको आधारमा मोलुङ हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाख भन्दा बढि रुपैयाँको कारोबार गरेको छ । यसैगरी सिवम सिमेन्टको २ करोड ८९ लाखको कारोबार भएको हो ।

मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ । आइतबार सनराइस ब्लूचिप कोष, आदर्श लघुवित्त वित्तीय संस्था र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रतिक्रिया दिनुहोस्