बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ
काठमाडौं, बैशाख १० । बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी छ । एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँग दुई वटा मतपत्र भेटिएको हुनाले अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादवसँग मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको थियो ।
उनी जिल्ला समन्वय समितिका सदस्यसमेत छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो । तर उनलाई प्रहरीले नियन्त्रण लिएर पुनः मतदान सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्