दोल्ती पावरको आइपिओ बाँडफाँट

काठमाडौं, बैशाख ८ । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ।

आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। त्यसमध्ये पनि भाग्यमानी एक जनाले थप एक कित्ता अर्थात् ११ सेयर पाएका हुन्।

यसमा कुल १३ लाख ८३ हजार ७२४ जनाले आवेदन दिएकोमा १ लाख १४ हजार ७७८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ। कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्